काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचन, समसामयिक राजनीतिका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफल अहिले जारी छ ।
आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ ।
नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।
यसअघि, पनि उहाँहरुबीच मन्त्रिपरिषद् विस्तार लगायताका विषयमा छलफल भएको थियो । उहाँहरुबीच बिहीबार बालुवाटारमा भएको छलफलमा पनि विना विभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो ।
प्रतिक्रिया