अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले नन्दा गुरुङलाई बनायो कर्णालीको सभामुख उम्मेदवार

एमालेले नन्दा गुरुङलाई बनायो कर्णालीको सभामुख उम्मेदवार


सुर्खेत – नेकपा एमालेले सुर्खेतकी नन्दा गुरुङलाई कर्णाली प्रदेशको सभामुखको उम्मेदवार बनाएको छ ।

एमाले प्रदेशका नेताहरूको शनिबार बसेको बैठकले सभामुखका लागि गुरुङको नाम टुंगो लगाएको हो ।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजेको समयमा उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताउनुभयो ।

सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उप–सभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ।

एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन्।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रबाट एक/एक जना सांसद रहेका छन् ।