काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताउनु भएकाे छ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूले प्रतिनिधि सभामा विश्वासको मत लिँदा असाधारण मत पाएको बताउनुभयाे।
उहाँले भन्नभयो, ‘४४ औँ प्रधानमन्त्री हुँदा सदनमा असाधारण परिघटना पनि भयो अस्ति विश्वासको मत लिँदा। झण्डै सिंगै सदन नै सहमत भयो। साथै विश्वासको मत मलाई असाधारण उचाइको साथ मलाई प्राप्त भयो। करिब करिब मैले राष्ट्रिय सहमति भएको प्रधानमन्त्रीमा भन्ने अनुभूत गरेको छु।’ उहाँले आफूमाथि थप जिम्मेवारी र चुनौती बनेको समेत बताउनुभयाे।






प्रतिक्रिया