काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको लामो छलफल पछि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आजतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने र सोमबारको मन्त्रिपरिषद् बैठक पूर्णरुपमा बस्ने तयारी गरेको छु दाहालले भन्नुभएको थियो । ।
अहिलेसम्म तीन उपप्रधानमन्त्रीसहित ८ मन्त्री सरकारमा सहभागी भएका छन् । चार मन्त्रीलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैन । मन्त्रालयको भागबन्डा मिलाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतसँग प्रचण्डले नियमित छलफल गर्दै हुनुहुन्छ ।
सत्ता साझेदार दलहरुले सरकारमाा आफ्ना तर्फबाट मन्त्री पठाउन आन्तरिक छलफल तिव्र पारेका छन् । विभिन्न क्राइटेरिया बनाएर सरकारमा निर्विवाद ढंगले मन्त्री पठाउने उनीहरुको तयारी छ ।






प्रतिक्रिया