अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा आज सभामुखको निर्वाचन,एमालेकी नन्दा गुरुङ प्रदेशसभाको पहिलो महिला सभामुख हुँदै

कर्णालीमा आज सभामुखको निर्वाचन,एमालेकी नन्दा गुरुङ प्रदेशसभाको पहिलो महिला सभामुख हुँदै


काठमाडौं – कर्णाली प्रदेशसभाले आज महिला सभामुख पाउदैछ । बिहान ११ बजेका लागि निर्वाचनको समय तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा ९एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

सभामुखका लागि दुईजनाको उमेदवारी परेको छ । सत्तारूढ दलका साझा उमेदवार नेकपा एमालेका प्रदेशसभा सदस्य नन्दा गुरुङको उमेदवारी परेको छ ।

नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उमेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा सत्ता गठबन्धनको बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनतर्फ एमाले १०,माओवादी १३,समाजवादी १,राप्रपा १ गरी २५ जना साँसद छन् । काँग्रेसका १४ जना साँसद छन् भने १ जना स्वतन्त्र छन् ।

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा माओवादी केन्द्र प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उमेदवारी दर्ता भएको हो ।

पोखरेल सुर्खेत क्षेत्र नम्बर–१ ‘क’बाट प्रत्यक्ष र गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
५५ वर्षीय गुरुङ नेकपा एमाले कर्णाली प्रदेश सदस्य हुनुहुन्छ । गुरुङले प्रदेशसभा तर्फ पहिलो महिला सभामुखको इतिहास रच्दैहुनुहुन्छ ।