अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित

कर्णालीको सभामुखमा नन्दा गुरुङ निर्वाचित


कर्णाली – कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित हुनुभएको छ ।

४० सांसद रहेका कर्णाली प्रदेश सभामा ३८ जना सांसद मतदानमा सहभागी भएका थिए। सहभागी ३८ सांसदमध्ये नन्दाको पक्षमा २४ मत प्राप्त भएको छ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ गरी २४ मत गुरुङको पक्षमा खसेको हो। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन्।

यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाउनु भएको छ । पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ। कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए।

जेष्ठ सदस्य नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले सभा सञ्चालन गरेका थिए। उनले भोट हालेनन्।

यस्तै, जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बसेका थिए।