अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान भक्तपुरस्थित ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो । 

मन्त्रिपरिषद्को पूर्णता, सभामुख चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।  

दुई नेताबीच भागबण्डामा सहमति जुटे आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । यो बाहेक सत्ता साझेदार दलहरुबीच सभामुख, उपसभामुख र राष्ट्रपति उपराष्ट्रपतिलगायतका विषयमा समेत चासो बढ्दै गएको छ ।