अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगो लगाएको आरोपमा दुई जना पक्राउ

आगो लगाएको आरोपमा दुई जना पक्राउ


दमक – आइतबार बिहान दमक–६ स्थित नमुना बजारमा भएको आगालागीमा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। सिसिटिभी फूटेजका आधारमा अनुसन्धान गर्दा दुई व्यक्तिले आगजनी गरेको देखिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीले आगजनीमा संलग्न एक जनालाई पक्राउ गरिसकेको छ । आगजनीबाट त्यहाँका कपडा, जुत्ताचप्पल पसल तथा टलरिङ सेन्टर गरी नौ वटा पसल पूर्णरूपमा जलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो।

 उहाँका अनुसार आगलागीबाट करिब रु दुई करोड बराबरको धनमाल क्षति भएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आइसकेको छैन । प्रहरीका अनुसार आगलागीबाट राजु श्रेष्ठ, सङ्गीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै घटनास्थल छेउछाउका चार वटा पसल भत्काउनु परेको थियो।

प्रनाउ गिरीले सिसिटिभीको फुटेज हेर्दा दुईजना व्यक्तिमध्ये एकजनाले पेट्रोल खनाएको र अर्कोले लाइटर जलाएको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । पक्राउ परेका ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन् भने फरार अर्काको खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकाले घटनामा आफनो संलग्नता स्वीकार गरिसकेको प्रहरीको दाबी छ।