अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


वीरगञ्ज – बारामा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो। उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाइते छन् । शरीरमा समान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए।

आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प २२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाईकलमा तीन जना सवार थिए ।