काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता जारी छ।
बिहान साढे ९ बजेदेखि ओली निवास बालकोटमा जारी वार्ता अहिले पनि चलिरहेको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार उहाँहरु दुई जनाबीच मात्रै छलफल चलिरहेको छ। मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखको निर्वाचन र प्रदेश सरकारहरुका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले हिजो (आइतबार) साँझसम्ममा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताउनु भएको थियो ।






प्रतिक्रिया