अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भन्नुभयो: मन्त्रालय भागबण्डा आजै टुंगिन्छ

बालकोटबाट बाहिरिँदै प्रधानमन्त्रीले भन्नुभयो: मन्त्रालय भागबण्डा आजै टुंगिन्छ


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताउनु भएको छ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उहाँले मन्त्रालय भागबण्डा आजै टुंगिने बताउनु भएको हो।

एमाले अध्यक्ष ओलीसँग प्रचण्डले करीब पाँच घण्टा बालकोटमा छलफल गरेका हुन्। ओलीसँग ‘लन्च मिटिङ’मा आपसी विश्वासको साथ मन्त्रिपरिषद्लाई पूर्णता दिने, राष्ट्रपति र सभामुख निर्वाचनको बारेमा समेत छलफल भएको जनाइएको छ।