काठमाडौं – मन्त्रालयको बाँडफाँट गर्न सत्ता साझेदार दलको बैठक साँझ ५ बजे बस्दैछ। बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्नेछ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भए लगतै संयन्त्रको बैठक बोलाइएको हो ।
‘आज ५ बजे सत्ता साझेदार दलको बैठक बस्छ, त्यही बैठकले मन्त्रालय भागबन्डाबारे निर्णय गर्नेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन्।’
एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाउनु भएको थियो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गर्नुभएको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ५ घण्टा बढी छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलले सोमबार बेलुकासम्म पूर्ण पाउने बताउनु भएको थियो ।






प्रतिक्रिया