अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीको उपसभामुखमा बिना थापा निर्वाचित

गण्डकीको उपसभामुखमा बिना थापा निर्वाचित


पोखरा – गण्डकी प्रदेशसभाको उपसभामुखमा बिना थापा निर्वाचित हुनुभएको छ।

नेकपा एमालेबाट प्रदेशसभा सदस्य थापाले ३२ मत ल्याएर निर्वाचित हुनुभएको हो । कांग्रेस उम्मेदवार पार्वती तामाङले २६ मत पाउनुभयो ।

सभामा ५८ जना सांसद उपस्थित थिए। 

थापालाई सत्तारुढ गठबन्धनका सांसदहरुको समर्थन थियो । थापाले एमालेका २२, माओवादीका ७, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको १ गरी ३२ मत पाउनु भएको छ ।

कांग्रेस सांसद तामाङले भने आफ्नो पार्टीका २६ सांसदको मत पाउनुभयो । कांग्रेस सांसद टीका बस्याल भने अनुपस्थित रहे ।

गण्डकी प्रदेशसभाको सभामुखमा ३० पुसमा माओवादी केन्द्रका सांसद कृष्ण धिताल निर्वाचित हुनुभएको थियो । प्रदेश सभाले आइतबार पोखरामै भएको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको नाममा शोक प्रस्ताव पनि पारित गरेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।