अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते

जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ जना घाइते


जुम्ला – जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दिउँसो करिब ४ बजे जुम्लाको पातरासी गाउँपालिका–६ को कोटा भिर भन्ने ठाउँमा ग १ ज ४०३५ नम्बरको दुर्घटना भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा पातरासी गाउँपालिका–१ खालाढिक बस्ने ४२ वर्षीया छोजुम लामा रहेकी प्रहरीले जनाएको छ । अन्यको विवरण संकलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाकमा प्रहरी निरिक्षक यमबहादुर बुढा मगरले जिप दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । घटनामा १४ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

‘जिपमा सवार १६ जना रहेछन्। एक जनाको मृत्यु भइसकेको छ भने १४ जना घाइते भएका छन् । उनीहरूको उद्वार गरेर उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानतर्फ पठाइएइको छ’, प्रहरी निरीक्षक बुढा मगरले भन्नुभयो ।

उक्त जीप ब्याक गर्ने क्रममा सडकबाट ५० मिटर तल तिलानदीको किनारमा खसेको प्रहरी निरीक्षक मगरले बताउनुभयो। 

जीप जुम्ला सदरमुकामदेखि पातरासी गाउँपालि–४ तर्फ गइरहेको थियो। चालक फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ।