अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेताको अघिपछि लागेर अखिलको नेता हुन सक्दैन : शंकर पोखरेल

नेताको अघिपछि लागेर अखिलको नेता हुन सक्दैन : शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी नेताहरुका अघि पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन नसक्ने बताउनु भएको छ।

स्ववियु निर्वाचनका सन्दर्भमा एमाले भातृ संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘नेताका अघि पछि लागेर फोटो खिचाउने व्यक्ति अखिलको नेता हुन सक्दैनन । तपाईहरुको परीक्षा अब हुँदैछ । नेताका अघिपछि फोटो खिचाउने र पोस्ट गर्दै हिड्ने अखिलले स्ववियु चुनावमा कसरी खट्छ ? त्यसको मूल्यांकन हुनेछ। उसले संगठनलाई जिताउन कति भूमिका खेल्छ त्यो अखिल हो ।’

महासचिव पोखरेलले अनेरास्ववियु भनेको विद्यार्थीबाट निर्वाचित संस्थाहरुको प्रतिनिधि संगठन भन्दै स्ववियु निर्वाचनमा सबैको भूमिकाको मूल्यांकन हुने उहाँले बताउनु भयो । त्रिविले चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ ।

महासचिव पोखरेलले अचेल एमाले र एमालेका भातृ संगठनहरुमा ३६४ दिन एमाले हुने र चुनावको दिन विचलित बन्ने प्रवृति निकै मौलाएको पनि बताउनुभयो । अब त्यस्ता कार्यकर्ता एमालेलाई नचाहिएको भन्दै पोखरेलले जो जहाँ जिम्मेवारीमा छ, उसको भूमिकाको मुल्यांकन चुनावमा हुने भएकाले अखिलको मुल्यांकन स्ववियु चुनावमा हुने बताउनुभयो ।