अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु


काठमाडौं – सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ । 

पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने योजनासहित बैठक सुरु भएको हो। 

बालुवाटार बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो। 

१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाउनु भएको थियो । बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो।

सोमबार बालकोटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गर्नुभएको थियो । मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ओलीसँग ५ घण्टा बढी छलफल गरेपछि प्रचण्डले मन्त्रिमण्डलले पूर्ण पाउने बताउनु भएको थियो ।