अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन एक ठाउँमा छौं, शंका गर्नुपर्दैन : अर्थमन्त्री पौडेल

सत्ता गठबन्धन एक ठाउँमा छौं, शंका गर्नुपर्दैन : अर्थमन्त्री पौडेल


काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेलले सत्ता साझेदार दल एक ठाउँमा नै रहेको प्रष्ट पार्नुभएको छ।

उपप्रधान एवं अर्थमन्त्री मन्त्री पौडेलले नेपाली कांग्रेसले विश्वासको मत दिएर आशंका पैदा गर्न खोजे पनि सत्ता गठबन्धन एक ठाउँमा रहेको प्रष्ट पार्नुभएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेको चर्चा चलिरहेको बेलामा पौडेलले भने गठबन्धनमा कुनै आशंका वा समस्या नभएको बताउनुभयो ।

उपप्रधान एवं अर्थमन्त्री मन्त्री पौडेलले भन्नुभयो, ‘मंगलवार विश्वासको मत दिने दलहरुसँग बस्न लागेको बैठक हो । त्यहाँ उहाँहरुको विचार पनि सुनिन्छ। हाम्रा कुराहरु पनि राखिन्छ ।’

प्रधानमन्त्री दाहालले राष्ट्रपति र सभामुखको विषयमा मंगलवारको बैठकमा कांग्रेससँग पनि सल्लाह गर्ने बताउनु भएको थियो । सो विषयमा पौडेलले सत्तारुढ दलहरु एकै ठाउँमा रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार जे जस्तो राजनीतिक दलहरुको सहमतिमा अगाडि बढेको छ गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ ।’