अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीको उपसभामुखमा एमालेकी चापागाईं विजयी

बागमतीको उपसभामुखमा एमालेकी चापागाईं विजयी


हेटौंडा – बागमती प्रदेशको उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं विजयी हुनुभएको छ ।

सोमबार प्रदेश सभा सचिवालयमा भएको निर्वाचनमा सत्ता गठबन्धनकी साझा उम्मेदवार चापागाईं निर्वाचित हुनुभएको हो । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा चापागाईंले ६१ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित हुनुभएको हो ।  

उपसभामुखका लागि एमालेकी चापागाईं, कांग्रेसकी सुना परियार र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

चापागाईं ललितपुरबाट समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँले एमाले २७, माओवादी २१, राप्रपाको १२ र हाम्रो नेपाली पार्टीको २ मत प्राप्त गर्नुभएको हो ।