अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमको सभामुखमा सत्ता गठबन्धनलाई समर्थन अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन 

सुदूरपश्चिमको सभामुखमा सत्ता गठबन्धनलाई समर्थन अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन 


धनगढी – नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा सत्तारुढ दललाई समर्थन गर्न निर्देशन दिनुभएको छ ।

सोमबार धनगढी पुग्नुभएकी अध्यक्ष श्रेष्ठले प्रदेशसभा सदस्यहरुसँग भेट्दै सभामुख चयनमा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिनुभएको हो ।

माओवादी केन्द्रबाट भीम भण्डारी र नेपाली कांग्रेसबाट मनाबहादुर रावल सभामुखका उम्मेदवार हुनुहुन्छ । दुई पटकसम्म भएको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका छैनन् । बहुमत पाउन कम्तीमा २७ सांसद आवश्यक पर्छ । दुवैको बहुमत नपुगेपछि शनिबार पनि सभामुख चयन हुन सकेको थिएन । आजको बैठक पनि स्थगित भएको थियो । 

५३ जना प्रदेशसभा सदस्य रहेको यहाँ कांग्रेसका १९, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।