काठमाडौं -सत्तारुढ गठबन्धनको पाँचघण्टा लामो बैठक सकिएको छ । आजको बैठकले पार्टीहरुबीच मन्त्रालयको बाँडफाँड गर्ने सहमती गरेको छ । भोली १ बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले जानकारी दिनुभयो ।
मन्त्रालय बाँडफाँडमा सहमती भए पनि त्यसलाई सार्वजनिक गरिएको छैन । लामिछानेले भोली केही फेरबदल हुन सक्ने भन्दै सञ्चारकर्मीसँग अहिलेको सहमतीको खाका बताउन चाहनु भएन । तर विहान बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ११ जना साँसद बराबर एक मन्त्री लिने गरी सहमती भएको थियो ।






प्रतिक्रिया