काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । सत्ता गठबन्धनमा भागबण्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको जानकारी दिनुभयो ।






प्रतिक्रिया