मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुहुने भएको हो ।
विश्वासको मतका लागि आज मध्यान्ह १२ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतको लागि पूताव पेश गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का ७ तथा हाम्रो नेपाली पार्टीका २ गरी ७० जना प्रदेशसभा सांसदले समर्थन गर्नुभएको छ ।






प्रतिक्रिया