अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले टुंगो लगायो मन्त्री, को-को बन्दैछन् मन्त्री ? 

माओवादीले टुंगो लगायो मन्त्री, को-को बन्दैछन् मन्त्री ? 


काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्री बन्नेको नाम छानेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्नु भएको हो ।

माओवादी केन्द्रबाट मन्त्री बन्नेमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी छन् । सत्ता गठबन्धनमा भएको भागबण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसक्नुभएको छ ।

माओवादी स्रोतका अनुसार रेखा शर्मा सूचना तथा सञ्चारमन्त्री, सुदन किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री र सङ्घीय मामिला तथा सामान्य  प्रशासन मन्त्री बन्ने हुनुभएको छ ।