अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौँमा लगिँदै

पोखरा विमान दुर्घटना : ४८ शव काठमाडौँमा लगिँदै


पोखरा-आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका शव नेपाली सेनाको ट्रकमा राखेर पोखरा विमानस्थलसम्म लगिएको र त्यहाँबाट काठमाडौँ लगिने भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

दुर्घटनामा सवार ७० जनाको शव प्राप्त भएको छ भने दुई जना अझै हराइरहेका छन् । पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव यहीँ नै आफन्तलाई बुझाउन लागिएको छ ।