काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री हुनुहुने भएको छ ।
यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे सहरी विकास मन्त्री हुने निश्चित भएको हो ।
राप्रपाले सरकारलाई समर्थन गरेपनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उहाँकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।






प्रतिक्रिया