अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४०औँ पर्यटनमन्त्रीमा सुदन किराँती

४०औँ पर्यटनमन्त्रीमा सुदन किराँती


काठमाडौं – नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन किराँती मुलुकको ४०औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको छ।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा.हर्क गुरुङ पर्यटन राज्यमन्त्री हुनुभएको थियो । त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ । विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुबा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मनुभएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बन्नुभएको थियो ।

भूइँमान्छेको पहिचान बनाएका राई स्थानीय परिभेषमा घुलमिल हुने र जनताको सुख-दुःखमा साथसाथै रहने कार्यशैलीले उहाँ जनतामाझ स्थापित हुनुहुन्छ। सिधा र स्पष्ट कुरा राख्ने किराँती राजनीतिमा पनि निकै काबिल हुनुहुन्छ। राजनीतिक यात्रामा पदीय जिम्मेवारीको इमान्दारिता, संसदीय यात्रामा जनताको जिम्मेवारीतालाई कुशलतापूर्वक भूमिका निर्वाह गर्नुभएका किराती जनजाति सांसदमा बेग्ले लवज र जनतासँग घुलमिल भएर जीवन्त अभ्यासले उहाँको राजनीतिक यात्रालाई ओझिलो बनायो।

पार्टीमा राम्रो प्रभाव राख्ने नेता भएकाले पनि सुदन किराती अघिल्लो पटक नै मन्त्री बन्ने चर्चा थियो। गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा  भोजपुरबाट प्रतिनिधिसभाका लागि निर्वाचित भए पनि किरातीको झनै चर्चा भयो।

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा हुनुभएको थियो ।

पर्यटनमन्त्रीका रुपमा मन्त्री किरातीलाई कोभिड–१९ ९कोरोना भाइरस० महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउनेदेखि पर्यटन तथा हवाई पूर्वाधार र सेवा सुदृढीकरणका लागि नीतिगत सुधार र रणनीतिक कार्ययोजना बनाउने जिम्मेवारी छ । सरकारले पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखा सार्वजनिक गरिसकेको छ ।

भ्रमण दशकको प्रभावकारी कार्यान्वयनदेखि पर्यटन क्षेत्रको नीतिगत सुधार गरेर आर्थिक समृद्धिको आधारमध्येको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमन्त्री किरातीको मुख्य जिम्मेवारी हुनेछ ।