अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भण्डारीद्वारा शपथ

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भण्डारीद्वारा शपथ


धनगढी – सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई शपथ गराउनु भएको हो।

भण्डारी मंगलबार बिहान १० बजे बसेको प्रदेश सभाको बैठकबाट भएको निर्वाचनमा विजयी हुनुभएको हो।

आज नै प्रदेश सभाको उपसभामुखका लागि निर्वाचन हुने तयारी छ। सत्ता साझेदारी दलले यहाँ उपसभामुख नागरिक उन्मुक्ति पार्टीको भागमा परेको छ।