अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक

मन्त्रिपरिषद् विस्तारपछि बालुवाटारमा सर्वदलीय बैठक


काठमाडौं – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

बिहीबार हुने प्रतिनिधिसभाका सभामुखको निर्वाचनअगाडि सर्वदलीय बैठक बसेको हो। 

बैठकमा सत्ता साझेदार दलबाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुनुहुन्छ । त्यसैगरी नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्न्छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि बैठकमा सहभागी हुनुहुन्छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवम् सांसद रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी हुनुहुन्छ ।

यो बैठकमा सभामुखको निर्वाचनबारे छलफल हुनेछ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई सभामुख पद दिन सकिने बताउनु भएको थियो ।