जनकपुरधाम – मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ।
आज प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित हुनुभएको हो। मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज सदनमा १०३ सांसद उपस्थित थिए ।
मण्डल निर्वाचित भएको सभाका अध्यक्षता गरेका जेष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले घोषणा गर्नुभएको हो ।
रामचन्द्रलाई सत्ता गठबन्धनका दल नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजावादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरेका छन्।
मण्डल धनुषा क्षेत्र नं. १ (ख)बाट दोश्रोपटक निर्वाचित सांसद हुन् । विपक्षमा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मतदान गरेका थिए ।
प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।
नेपाली कांग्रेसबाट सभामुखमा जंगीलाल राय उम्मेदवार हुनुहुन्थ्यो ।







प्रतिक्रिया