काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाएको बताउनुभएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष ओलीले काँग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रमुख प्रतिपक्षको हैसियत गुमाएको बताउनुभएको हो ।
सभामुख,राष्ट्रपति,उपराष्ट्रपति,उपसभामुख जस्ता पदहरुमा सत्ता गठबन्धनले पुष १० गते नै छिनोफानो गरिसकेकोले ति पदहरुमा ढोक्सा नथाप्न काँग्रेसलाई अध्यक्ष ओलीले चेतावनी दिनुभएको छ ।
काँग्रेसका रमेश लेखकले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन नेपाली काँग्रेसले राष्ट्रपतिलाई हस्ताक्षर नबुझाएकोले आफूहरुको हैसियत प्रमुख प्रतिपक्षीको नै भएको दाबी गर्नु भएको छ ।






प्रतिक्रिया