अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैदेशिक रोजगार व्यवसायीबाट हप्ता र मासिक असुल्नेहरुलाई म ठिक लगाउछु : मिलन कट्टेल महासचिवका उम्मेद्वार

वैदेशिक रोजगार व्यवसायीबाट हप्ता र मासिक असुल्नेहरुलाई म ठिक लगाउछु : मिलन कट्टेल महासचिवका उम्मेद्वार


काठमाडौं- वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशिल समुहका महासचिवका उम्मेद्वार मिलन कट्टेलले व्यवसायीको सुरक्षाको जिम्मा आफूले लिने बताउनुभएको छ ।
वैदेशिक रोजगार व्यवसायी एकता समितीले सामाखुशीले आज आयोजना गरेको चुनाव प्रचार भेलालाई सम्बोधन गर्दै नेकपा एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार मञ्च नेपालका तर्फबाट महासचिवका उम्मेद्वार कट्टेलले यस व्यवसायमा विभिन्न पक्षबाट हुने आक्रमणको सामना गर्न आफूलाई महाचिवमा विजयी गराउन सबैलाई उहाँले आग्रह गर्नुभएको छ ।
‘मलाई निर्वाचित गरेर पठाएपछि तपाईंहरुको अफिसको सुरक्षा,व्यवसायको सुरक्षाा यो महासचिवले गर्नेछ’ कट्टेलले भन्नुभयो ‘त्यसका लागि आँट भएको,भिजन भएको नेतृत्वलाई जिताउनुहोस । ’ उहाँले व्यवसायीबाट मासिक र हप्ता असुल्नेहरुलाई ठेगान लगाउने चेतावनी दिनुभएको छ ।
उहाँले आफ्नो व्यवसाय इमान्दारितापूर्वक गर्दा कसैले आक्षेप लगाए अनावश्यक चन्दा असुली गरे वा यूट्यूवरका नाममा आतंक मच्चाए त्यसको सामना आफूले गर्ने कट्टेलले बताउनुभयो । कट्टेलले वैदेशिक रोजगार व्यवसायी महासंघलाई राजनीति गर्ने थलो नभइ व्यवसायीका हक हितको थलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एशिया लिंक सर्भिसेस प्राइभेट लिमिटेडका सञ्चालक अध्यक्ष कट्टेल आफू यो व्यवसायमा डेढ दशक देखि जोडिएकोले यस क्षेत्रमा यावत समस्याका बारेमा जानकार रहेको बताउनुभएको छ । ३३ वर्षीय कट्टेलले वैदेशिक रोजगार व्यवसायलाई समाजलाई राम्रो छबी भएको पेशाको रुपमा स्थापित गर्न आफू लागि पर्ने बताउनुभएको छ ।
माघ ६ गते संघको २९ औं साधारणसभासँगै नयाँ नेतृत्व चयन हुदैछ ।