काठमाडौं-प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ ।
संसद् सचिवालयले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार आज दिउसो १ बजे देखि ४ बजेसम्म उम्मेदवारहरुको मनोनयन हुनेछ । सवा ४ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
भोलि माघ ५ गतेको संसद् बैठकमा प्रस्तावकले उम्मेदवारी प्रस्ताव गरेपछि सामान्य प्रक्रियाबाट बहुमत अल्पमत गरेर सभामुखको घोषणा गरिनेछ । यदि निर्वाचन गर्नु परेमा संसद्मा उपस्थित बहुमत सदस्यहरूबाट सभामुख निर्वाचित हुनेछन् ।
एकजनाको मात्र उम्मेदवारी परेमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेले पाउने सहमति छ । जस अनुसार एमाले स्थायी कमिटी सदस्य ,झापा २ का सांसद देवराज घिमिरेलाई उम्मेदवार बनाउने चर्चा छ ।






प्रतिक्रिया