अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखमा उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

सभामुखमा उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं-सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे निर्णय गर्न नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बैठक आज ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बस्न लागेको हो ।

सरकारलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा उम्मेदवारी दिने वा नदिनेबारे बैठकमा निर्णय गर्ने छ ।

प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ ।