जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिनुहुने भएको हो ।
उहाँलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेस भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेमा निर्णय गरेको छैन ।






प्रतिक्रिया