अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले भन्नुभयो: प्रतिनिधिसभा निष्पक्ष ढंगले सञ्चालन गर्छु

सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले भन्नुभयो: प्रतिनिधिसभा निष्पक्ष ढंगले सञ्चालन गर्छु


काठमाडौँ – नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिनुभएका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताउनु भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘विगतको शिक्षालाई लिएर राजनीतिक पार्टीहरुसँग छलफल गरेर सहमतिको आधारमा प्रक्रियालाई अगाडि बढाउँछु। म आरोप प्रत्यारोप पूर्वाग्रह भन्दा पनि यथार्थको आधारमा ठीक ढंगले अघि बढ्छु।’

उहाँले प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन दिन्न ।’

घिमिरले बुधबार संसद् सचिवालयमा उहाँले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराउनु भएको हो । उहाँको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन्।

झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उहाँ एमालेको स्थायी कमिटी सदस्य छन् ।