अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीमा माइक्रोबस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते

रुपन्देहीमा माइक्रोबस र बोलेरो ठोक्किँदा १ जनाको मृत्यु, ९ जना घाइते


रुपन्देही – रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन्। 

बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र पश्चिमतर्फ जाँदै गरेको लु ३ च ४३८४ नम्बरको बोलेरो सैनामैना नगरपालिका ३ झारबैरामा दुर्घटना हुँदा दुर्घट्ना भएको हो। 

मृत्यु हुनेमा बलेरोमा सवार रुपन्देही शुद्धोधन गाउँपालिका १ बेलवा बस्ने ३५ वर्षीय गोरक लोनियाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी मोहन खाणले बताउनु भयो । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।