अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन, पदको बाँडफाँट भइसकेको छ : गोकर्ण विष्ट

कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन, पदको बाँडफाँट भइसकेको छ : गोकर्ण विष्ट


रामेछाप – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले सत्ता साझेदार दलहरुबीच यसअघि नै पदको बाँडफाँट भइसकेकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नरहेको टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव विष्टले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका कारण सभामुख, राष्ट्रपतिलगायत भावी निर्वाचनमा कुनै प्रभाव नपर्ने बताउनु भयो ।

सचिव विष्टले भन्नुभयो, ‘सत्ता साझेदर दलहरूबीच भएको सहमतिमा हामी विश्वस्त छौँ । दलहरूबीच तलमाथि हुने सम्भावना म देख्दिनँ । कांग्रेसले विश्वासको मत दिएको भनेर पदमा मुख मिठ्याउनु अर्थ छैन । कांग्रेसको विश्वासको मतको पनि सरकारको वहुमतका लागि अर्थ छैन ।’

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ,प्रदेश कमिटी सदस्य रत्न गौतम,सचिव पुरुषोत्तम कडरिया लगायतका नेताहरुकाे उपस्थिति रहेको थियो ।