अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका सभामुख घर्ती र उपसभामुख खाणद्वारा शपथ

लुम्बिनीका सभामुख घर्ती र उपसभामुख खाणद्वारा शपथ


बुटवल – लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाण केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

मंगलबार प्रदेश सभा बैठकबाट निर्विरोध निर्वाचित हुनुभएका घर्ती र खाणले बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा बुधबार शपथ ग्रहण गरेका हुन्।

सभामुख घर्तीले  प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको थियो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ ग्रहण गराउनु भएको थियो ।  

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लीला गिरी, मन्त्रीहरू, सांसदहरू र प्रमुख सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो।