अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिनुहुने भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

लुम्बिनीमा सत्ता साझेदार दलहरूको बहुमत छ। नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका प्रदेश संसदीय दल नेता गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

लुम्बिनीमा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार(चार, जसपा, लोसपा र जनमत पार्टीका तीन(तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गर्नुभएको थियो ।