अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जानकारी दिएको छ । मूल्यसूची तोक्दै महासंघले हिजोकै मूल्यमा आज सुनको कारोबार हुने जानकारी दिएको हो ।

यसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार रुपैयाँ कायम छ । हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

पछिल्लो समय निरन्तर बढेर तोलामा १ लाख ५ हजार २०० रुपैयाँसम्म पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर घट्दै आजको मूल्यमा आइपुुगेको हो ।

यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । हिजो बुधबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १३ सय ५५ रुपैयाँ छ ।