काठमाडौं – नेकपा एमाले सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ ।
लामो राजनीतिक इतिहास हुनुभएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।
नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ ।
घिमिरेका समर्थक माओवादीका सांसद हितराज पाण्डेले सम्बोधन गरिरहनुभएको छ । उहाँले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गर्नुभयो ।
प्रतिक्रिया