काठमाडौं – उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।
उहाँले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे भएकोले उहाँलाई निर्वाचित गर्न आग्रह गर्दछु ।’
उहाँले भन्नुभयो, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ । उहाँलाई निर्वाचन गरियोस् । र, सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु।’
मन्त्री लिङ्देनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया