अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस राजनीतिक कोर्स अघि बढाउन नसकेपछि एमालेले भूमिका खेल्यो : योगेश भट्टराई

कांग्रेस राजनीतिक कोर्स अघि बढाउन नसकेपछि एमालेले भूमिका खेल्यो : योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले राजनीतिक कोर्ष अघि बढाउन नसक्दा एमालेले अग्ररता लिएको बताउनु भएको छ ।

उहाँले पुस १० गते अपरान्हसम्म राष्ट्रपति र सभामुख एमालेले नमागे पनि कांग्रेसले पहल नगर्दा एमालेको अग्रसरतामा नयाँ राजनीतिक कोर्षको शुरु भएको बताउनु भयो ।

आज प्रतिनिधिसभाको सभामुखका उम्मेदवार देवराज घिमिरेको प्रस्तावको पक्षमा बोल्दै उहाँले पुस १० मा बदलिएको राजनीतिक कोर्ष ५ वर्षसम्म जाने बताउनु भयो ।  

‘हामीले यो एउटा राजनीतिक कोर्ष हो, जाओस् ठिकै छ भन्यौं । त्यसबेलासम्म हामीले हाम्रो दल प्रतिपक्षमा बस्छ र भूमिका खेल्छ भनेका थियौँ’, भट्टराईले भन्नभयो ‘तर जसले त्यो राजनीतिक कोर्ष अगाडि बढाउनुपथ्र्यो, उहाँहरु असफल हुनुभयो ।’

उहाँले एमाले यो संविधानलाई धरापमा पर्न नदिन अग्रसर भएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी अध्यक्षले अग्रसरता लिएर नयाँ राजनीतिक कोर्ष निर्माण भएको छ । यो राजनीतक कोर्ष एउटा कक्षामा एउटा कोर्ष पढाइ हुन्छ । त्यो शैक्षिकसत्र नसकिदै अर्को कोर्ष बदलिदैन ।’