अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखमा देवराज घिमिरे निश्चित

सभामुखमा देवराज घिमिरे निश्चित


काठमाडौं – सभामुखमा सत्ता साझेदार दलका साझा उम्मेदवार देवराज घिमिरे निर्वाचित हुने निश्चित देखिएको छ।

सभामुखको निर्वाचन केहीबेरपछि हुँदैछ।

सभामुखका लागि नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार हुनुहुन्छ। आज बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको छ । लगतै लामो छलफल सकिएको छ।

घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ छन्। यस्तै स्वतन्त्र तीन सांसदले पनि घिमिरेकै पक्षमा उभिदा १५६ हुने देखिन्छ । संसदमा २७५ सदस्य छन्।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ । कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् । एक सांसद भएको नेमकिपाले भने कसलाई मत दिने भनेर खुलाएको छैन ।