अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख पदका लागि निर्वाचन सुरू

सभामुख पदका लागि निर्वाचन सुरू


काठमाडौं – प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया सुरु भएको छ। 

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको हो। सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने छन् भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन्।

घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ छन्। यस्तै स्वतन्त्र तीन सांसदले पनि घिमिरेकै पक्षमा उभिदा १५६ हुने देखिन्छ । संसदमा २७५ सदस्य छन्।

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ । कांग्रेसका ८८ (एक निलम्बन), एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनामोर्चाका एक सांसद छन् । एक सांसद भएको नेमकिपाले भने कसलाई मत दिने भनेर खुलाएको छैन ।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १३८ मत आवश्यक पर्छ।