काठमाडौं – प्रतिनिधिसभाको सभाभुखमा देवराज घिमिरे विजयी हुनुभएको छ ।
आज भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी हुनुभएको हो ।उहाँलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो ।
प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहनु भएको छ ।
घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभयो ।
सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिनु भएको थियो । उहाँलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।
नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद हुनुभएको थियो । एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।
प्रतिक्रिया