अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु: सभामुख घिमिरे

संसदलाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउँछु: सभामुख घिमिरे


काठमाडौं – प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्षता र स्वतन्त्र ढंगबाट संसदलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।

आज सभामुख पदमा निर्वाचित हुनुभएपछि संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घिमिरेले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘प्रजातान्त्रिक र सुन्दर अभ्यास भएको छ, यो अभ्यासबाट निर्वाचित भइएको छ । अब सभामुखको भूमिका ठिक ढंगबाट निर्वाह गरेर जान्छु, निष्पक्षताका साथ सभा सञ्चालन गर्छु ।’

उहाँले प्रक्रिया विधि र पद्धतिबाट असमझदारीहरुलाई निष्कर्षमा पुर्याइने समेत बताउनुभयो ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो । कांग्रेसको तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गर्नुभएको थियो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहनु भएको थियो ।

नेकपा एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उहाँ झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।