अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभ संकेत हो : अध्यक्ष ओली

प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभ संकेत हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रणालीमा बाँधिनुलाई पिंजडा ठान्नु अशुभको संकेत भएको बताउनुभएको छ ।

आज संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले मानव समाजमा सामाजिक, धर्म, इमान जमानको बन्धन हुने बताउनुभयो । तर कांग्रेसले सरकारको समर्थन गर्ने तर सरकारमा हिस्सेदारको विरोध गर्ने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलगाम चल्ने, थिति, विधिमा नबाँधिने र प्रणालीका प्रबन्धभित्र बाँधिनुलाई पिंजडा ठान्नु नै अशुभको संकेत हो ।’

संसद बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीमाथि प्रधानमन्त्रीलाई पिंजडामा राखेको आरोप लगाउनुभएको थियो ।

एमाले अध्यक्ष ओलीले संयन्त्र बनाउने अभ्यास कांग्रेसले नै थालेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले रामचन्द्र पौडेलको नेतृत्वमा संयन्त्र बनाएर नयाँ प्रचलन सुरु गर्यो । मैले पहिला चाहिँदैन, पर्दैन भनेको हो । तर नेपाली कांग्रेसले गत सरकारको पालमा संयन्त्र बनाएर एउटा अभ्यास सुरु गर्यो । अब त्यो अभ्यास प्रचलनमा आइसक्यो । वेलगाम चल्ने कुरा थितिमा नबाँधिने कुरा, विधिमा नबाँधिने कुरा, प्रणालीका प्रबन्धभित्र नबस्ने कुरा र प्रवन्धभित्र बाधिनुलाई पिँजडा ठान्ने कुरा ‘अशुभ’ हो।’