काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ। सत्ता साझेदार दलबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसक्नुभएको छ। घिमिरे निर्वाचित भएसँगै उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो।
‘उपभामुख हाम्रो पार्टीबाट बनाउने निश्चित भइसकेको छ’ रास्वपाका एक नेताले भन्नुभयो, ‘कसलाई बनाउने भन्ने विषयमा पात्र टुंगो लागेको छैन । हामीले भोलिसम्म फाइनल गर्छौं।’
कानूनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । भोलि (शुक्रबार) रास्वपाले आधिकारिक निर्णय गरेर सार्वर्जनिक गर्ने तयारी गरेको छ।
गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।






प्रतिक्रिया