अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ : मुख्यमन्त्री कार्की

सोमबारसम्म मन्त्रालय टुंगो लाग्छ : मुख्यमन्त्री कार्की


विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केहीदिन भित्र मन्त्रालय टुंगो लगाउने बताउनु भएको छ।  आज पत्रकार महासंघ प्रदेश १ समितिसँगको भेटघाटमा उहाँले यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरूको जिम्मेवारी तोकिने बताउँदै ९ वटाभन्दा बढी मन्त्रालय नराखिने समेत बताउनुभयो । उहाँले गठबन्धन सरकार भएकाले समझदारीमा अगाडि बढ्नेसमेत बताउनु भयो ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथग्रहण गर्नुभएको थियो भने उहाँ नियुक्त भएयता ७ जना विना विभागीय मन्त्री नियुक्त गरिसक्नुभएको छ ।